Logo

बैंक / बिमा /शेयर

ग्लोबल आईएमई बैंकका ग्राहका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक


GDP नेपाल
   १९ चैत्र २०७९, आइतबार


ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन ।
बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको बताएको छ ।

यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।

क्यासब्याक योजना: 

१. आइतबार बेलुका ७ देखि १० सम्म मोबाइल डाटा प्याक खरिद २०% सम्म (अधिकतम रु. १००)
२. सोमबार बेलुका ७ देखि १० सम्म टिभिको बिल भुक्तानी २०% सम्म (अधिकतम रु. १००)
३. मंगलबार बेलुका ७ देखि १० सम्म इन्टरनेटको बिल भुक्तानी २०% सम्म (अधिकतम रु. १००)
४. बुधबार बेलुका ७ देखि १० सम्म हवाईजहाजको टिकट खरिद २०% सम्म (अधिकतम रु. २००)
५. शनिबार बिहान ७ बेलुका ७ सम्म केबलकारको टिकट खरिद २०% सम्म (अधिकतम रु. २००)

बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

 

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह