Logo

बिजनेस होम

महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघईको टिम घोषणा


GDP Nepal
   १९ चैत्र २०७९, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका रामचन्द्र संघईले टीम घोषणा गरेका छन् ।

आइतबार लैनचौर बैंक्वेटमा घोषणा गरिएको संघई टीमको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य तथा वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् ।

वैद्य र श्रेष्ठ महासंघ कार्यकारिणी समिति सदस्य हुन् भने हिराचन कार्यसमितिका कोषाध्यक्ष हुन् ।

यसअघि अञ्जन श्रेष्ठ प्यानलमा रहेकी श्रेष्ठ अन्तिम समयमा संघई प्यानलमा प्रवेश गरेसँगै महासंघ निर्वाचन थप रोचक बनेको छ ।

संघईले आइतबार नै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दर्ता गरेका थिए ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह