Logo

मुख्य समाचार

सेयर लगानीकर्ता र अर्थमन्त्री महतबीच भेटवार्ता, पुँजी बजार विकास र विस्तारको लागि सुझाव पेश


GDP नेपाल
   २० चैत्र २०७९, सोमबार


नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमको टोलीले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ । फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल नेतृत्वको टोलीले नवनियुक्त अर्थमन्त्री महतसँग भेटवार्ता गरेको हो । सो भेटमा मन्त्री महतसमक्ष लगानीकर्ताको टोलीले नेपालको पुँजी बजार विकास र विस्तारको लागि सुझावहरु दिएको छ ।

टोलीले राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भारलाई १५० बाट घटाई १०० मा झार्नुपर्ने सुझावका साथै बैंक तथा वित्तिय संस्थालाई त्रस होल्डिङ नहुनेगरी सेयर खरिद गर्न खुला गर्नुपर्ने, सेयर धितोमा दिइने प्रतिव्यक्ति वा प्रतिसंस्था १२ कर्जाको सीमा हटाउनुपर्ने, पुँजीगत लाभकर घटाएर अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशतमा सीमित गर्नुपर्ने कम्पनीको चुक्ता पुँजी भन्दा जगेडा कोष बढाउने नीति ल्याउने लगायतका सुझावहरु दिएको छ ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह