काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति भरत आचार्य महासंघको आसन्न निर्वाचनमा दुई प्यानलको साझा उम्मेदवार बनेका छन् ।
यसअघि व्यवसायी प्रवलजंग पाण्डे अञ्जन श्रेष्ठ समूहबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी रहे पनि आचार्य र पाण्डेबीचको सहमतिअनुसार उनी दुवै प्यानलको साझा उम्मेदवार बन्न राजी भएका हुन् ।
सहमति अनुसार आचार्यले एशोसिएट टिम बनाउँदा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहका आधाआधा सदस्य राख्नेछन् ।
आचार्यले अब रामचन्द्र संघई प्यानलकी ज्योत्स्ना श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । ज्योत्स्ना भने अन्जनको टीम छाडेर संघईको टीममा पुगेकी छन्।
प्रतिक्रिया