सामाजिक सञ्जाल ट्वीटरको लोगो परिवर्तन भएको छ ।
ट्वीटरका सीईओ एलन मस्कले सोमबार कम्पनीको लोगो परिवर्तन गरेका हुन् । उनले निलो रंगको चराको आकृति भएको लोगो हटाएर ट्वीटरमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित शिबा इनु (कुकुर) को तस्वीर राखेका छन् ।
मस्कले आफ्नो अकाउन्टबाट एक तस्वीर सार्वजनिक गर्दै नयाँ लोगो परिवर्तनको घोषणा गरेका हुन् । सो तस्वीरमा प्रहरीले शिवा इनुको लाइसेन्स चेक गरिरहेको देखिन्छ ।
ट्वीटरको यो नयाँ लोगो डजकोइन क्रिप्टोकरेन्सिको लोगो समेत हो । मस्कले सो लोगो प्रयोग गरेसँगै डजकोइन क्रिप्टोकरेन्सिको आधिकारिक अकाउन्टले,’ धेरै मुद्रा, वाह, धेरै सिक्का, कति पैसा, त्यसैले क्रिप्टो’ भन्दै प्रतिक्रिया समेत जनाएको छ ।
प्रतिक्रिया