Logo

अर्थनीति

तयारी पोशाक उद्योग संघद्वारा अर्थमन्त्रीसमक्ष २४ बुँदे सुझाव पेश


GDP Nepal
   २२ चैत्र २०७९, बुधबार


काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले निकासीको सात दिनभित्रै नगद प्रोत्साहनको उपलब्ध गराउन माग गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गर्दै संघले हालको नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रियाहरु झन्झटिलो भएकोले निर्यात बिन्दुबाट निकासी भएको ७ दिनभित्र सम्वन्धित उद्योग व्यवसायको बैँक खातामा सरल भुक्तानीको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

एक पटक उद्योग विभागबाट वस्तुको मुल्य अभिवृद्धि मुल्याङ्कन भइसकेको र नगद प्रोत्साहन लिईसकेकोअवस्थामा पूनः मुल्याङ्कन गनु नपर्ने व्यवस्था हुनुपर्ने संघको भनाइ छ ।

अर्थ मन्त्रालयद्वारा नेपाली कपडा एवं धागो उद्योगलाई उपलब्ध गराईएको बार्षिक ५ प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाको सुविधा नेपाली तयारी पोशाक उद्योगलाई पनि ५ वर्षका लागि प्रदान गरिनु पर्ने माग संघको छ ।

संघका अध्यक्ष पशुपतिदेव पाण्डेले मन्त्रिपरिषदको निर्णय मार्पmत तयारी पोशाक उद्योगलाई उक्त सुविधा थप गरिनु पर्ने माग गरे ।

नेपाली तयारी पोशाक उद्योगको निर्यात प्रवद्र्धनका लागि विदेश स्थित नेपाली राजदुताबासहरुलाई सक्रिय बनाउने साथै नेपालमा रहेको विदेशी राजदुतावासको आर्थिक शाखा मार्फत नेपाली तयारी पोशाकको व्यापार बढाउनको लागि समेत पहल कदमी गर्नु गराउनुपर्ने उनको भनाइ छ ।

यस्तै, तयारी पोशाकको कुल बार्षिक निर्यात रकमको १ प्रतिशतले हुन आउने रकम निर्यात प्रवद्र्धन गर्ने काम हुनुपर्ने माग गरिएको छ । जसमा १० वर्षे सीप विकास तालिम, व्यापार मेला, प्रविधि, डिजाईन, बजारीकरण, अनुसन्धान, ई–कमर्श, प्लाटफर्म आदिमा खर्च गर्न दिने व्यवस्था हुनुपर्ने लगायतका बुँदा समावेश छन् ।

संघले मन्त्री महतसमक्ष २४ बुँदे सुझाव पेश गरेको छ ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह