Logo

अर्थनीति

महासंघ निर्वाचनमा तटस्थ बसेका ढकाल सर्वसम्मत नेतृत्वको पहल गर्दै


GDP Nepal
   २२ चैत्र २०७९, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु गरेका छन् । अघिल्ला दुई वरिष्ठ उपाध्यक्षहरु भवानी राणा र शेखर गोल्छाको गल्ती सुधार्दै ढकाल यसपटक मौन बसेका छन् । उनले आफू वरिष्ठ उपाध्यक्ष निर्वाचित भए तटस्थ बस्ने प्रतिबद्धता जनाउँदै आएका थिए ।

चैत२८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेको उनको सचिवालयले जनाएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षिहरु रहेका छन् । ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष बन्दैछन् ।
बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षिहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरे।

“महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने गरेको छु,” ढकालले भने, “यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ । यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो ।”

उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए ।

“हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,” उनले भने, “निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी बिभाजन नहौऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरुलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईहरुको साथ र सहयोग अपेक्षा गरेको छु ।”

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह