Logo

मुख्य समाचार

किताब र पोशाकको व्यापार गर्ने विद्यालयलाई कारबाही गर्ने बालेनको चेतावनी


GDP नेपाल
   २६ चैत्र २०७९, आइतबार


काठमाडौं महानगरपालिकाका मेयर बालेनन्द्र साहले मापदण्ड विपरीत किताब र पोशाकको व्यापार गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत साहले विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको बताउँदै सो कार्यमा संलग्न विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

यस अघि पनि अभिभावकबाट गुनासो आएको जनाउँदै उनले लेखेका छन् ,’विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।’

प्रकाशित : २६ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह