आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत २७ देखि बैशाख ५ गतेसम्मका लागि सार्वजनिक यस अफरमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन – गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घन गर्न सो सम्झौता गरेको बताएका छन् ।
प्रतिक्रिया