एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७/७८ मा ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया