सानिमा बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकको ११ लाख ८७ हजार १७३ कित्ता संस्थापक सेयर बिक्रिमा आएको हो ।
यसमा सानिमाकै संस्थापक सेयरधनिले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनिहरुले चैत २८ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेनमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया