अर्थमन्त्री प्रकाशशरण महतले ऋण नै तिर्दैनौं भन्नु गलत रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महतले ऋण मिनाहा नहुनेमा सरकार स्पष्ट भएको बताएका हुन् ।
‘कर्जा नै तिर्दैनौं भन्ने हुन सक्दैन । अहिले अप्ठेरो पर्यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला । तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ ’ उनले भने । ‘ऋण लिएकाले सहज रुपमा फिर्ता गर्न सक्ने वातावरण बनाउनु हाम्रो कोसिस हुन्छ । घरजग्गामा देखिएको मन्दी, निर्माण क्षेत्रमा देखिएको मन्दी कम गरेर समग्र अर्थतन्त्र चलायमान अर्थतन्त्र बनाउनका लागि केन्द्रित हुनेछौं ।’
प्रतिक्रिया