नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान केही समयका लागि रोकिएको छ ।
जिल्ला नगरका मतदाता तथा विभिन्न व्यवसायी समर्थक समूहले होहल्ला गरेपछि मतदान केही समयको लागि रोकिएको हो । प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा भइरहेको छ।
बुधवार बिहान सुरु भएको मतदानमा जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ राखिएको छ ।
प्रतिक्रिया