काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघतर्फबाट १४ सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उमेशलाल समूहबाट ८ र अञ्जन श्रेष्ठ समूहबाट ६ सदस्य निर्वाचित भएका छन् ।
महासंघ निर्वाचन समितिका अनुसार सबैभन्दा बढी भोट नरेशलाल श्रेष्ठले पाएका छन् । उनी उमेशलाल समूहका हुन् । सो समूहबाट निर्वाचित हुनेमा नानीराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्त बहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान, हरिबहादुर कार्की र कमला श्रेष्ठ रहेका छन् ।
अञ्जन श्रेष्ठ समूहबाट अरनिको राजभण्डारी, मनोज अधिकारी, शिव प्रसाद घिमिरे, शोभा ज्ञवाली, रविन पुरी र राजकुमार कार्की निर्वाचित भए ।
उमेशलाल श्रेष्ठ समूहबाट हेमराज ढकाल र अञ्जन श्रेष्ठ समूहबाट मनिषलाल प्रधान वस्तुगत समूहको उपाध्यक्षका उम्मेदवार छन् ।
प्रतिक्रिया