Logo

बिजनेस होम

महासंघ वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी


GDP Nepal
   ३० चैत्र २०७९, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष (वस्तुगत समूह)मा हेमराज ढकाल विजयी भएका छन् ।

महासंघ निर्वाचन समितिका अनुसार ढकालले ६१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मनिषलाल प्रधानले ५२ मतमात्र प्राप्त गरेका छन् ।

ढकाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ प्यानलमा हुन् भने प्रधान अञ्जन श्रेष्ठ प्यानलका हुन् ।

उपाध्यक्षका उम्मेदवार रहेका रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले भने ७ मतमात्र पाएका छन् । यसअघि कार्यकारिणी समिति सदस्यमा उमेशलाल प्यानलबाट ८ र अञ्जन प्यानलबाट ६ सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह