काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा दुई उपाध्यक्ष रामचन्द्र संघई प्यानलबाट र एक उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्यानलबाट विजयी बनेका छन् ।
महासंघको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगतमा हेमराज ढकाल र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएका छन् ।
वैद्य र श्रेष्ठ संघई प्यानलका हुन् भने ढकाल श्रेष्ठ प्यानलका हुन् ।
वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी अञ्जन श्रेष्ठबाट भने उपाध्यक्षमा कोही निर्वाचित भएनन् ।
वैद्यले अरुणराज सुमार्गी र दिनेश श्रेष्ठलाई पराजीत गरे भने श्रेष्ठले भरतराज आचार्यलाई पराजीत गरिन् ।
एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए ।
एशोसिएटतर्फ सदस्यहरुमा डा. रामशरण थपलिया १४४०, मनोज पौडेल १३७३, आनन्दकुमार बगेरिया १३६४, अम्बिकाप्रसाद पौडेल १३६३, सुनिलनारायण श्रेष्ठ १३४२ र सुशील थापा १३२९ मत ल्याएर विजयी भएका छन् ।
यस्तै, शैलेन्द्र गुरागाईं १३१५, राजेशकुमार अग्रवाल १३१२, हेमन्त गोल्छा १३००, देशबन्धु बस्नेत १२८४, अविनाश बोहोरा १२७५, गोपाल खनाल १२६५, उज्वलकुमार श्रेष्ठ ११९१, प्रबलजंग पाण्डे ११२८, जुना माथेमा ९९१, शक्तिकुमार बेगानी ९८८, सन्दीपकुमार अग्रवाल ९२५, ऋषी अग्रवाल ८८१ र मुकुन्दप्रसाद तिमल्सिना ८४२ मत ल्याएर निर्वाचित भए ।
प्रतिक्रिया