नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटि मार्केटको लाइसेन्सका लागि आवेदन माग गरेको छ । बिहिबार एक सूचना जारी गर्दै बोर्डले १० दिनभित्र आवेदन दिन आह्वान गरको छ ।
यसअघि गत असोज २ गते बोर्डले ४५ दिनको समय दिँदै स्टक एक्सचेन्ज र कमोडिटि एक्सचेन्जका लागि आवेदन माग गरे पनि सर्वोच्चमा मुद्दा परेसँगै सो प्रकृया स्थगित भएको थियो । तर, सर्वोच्चमा परेको रिट खारेज भएसँगै बोर्डले पुन आवेदन खुलाएको हो ।
नयाँ ब्रोकर लाइसेन्सका लागि यसअघि नै ४६ वटा कम्पनीहरुले आवेदन दिईसकेका छन्।
प्रतिक्रिया