आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धि बुधबार दुई लघुवित्तबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।
नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्तले देशभर ५५ वटा शाखामार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ भने काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रउत्थानले १०० वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाल आशाको चुक्तापूँजी ३३ करोड ३९ लाख र राष्ट्रउत्थानको चुक्तापूँजी २६ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया