Logo

Uncategorized

नेपाल इन्स्योरेन्सको १ अर्ब पुँजी वृद्धिको लक्ष्य पूरा


appharu
   २२ बैशाख २०७५, शनिबार


काठमाडौं ।  निजी क्षेत्रबाट सञ्चालित ७० वर्ष पुरानो नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷०७५ को ७९ औं वार्षिक साधारण सभाबाट ४.५२ प्रतिशत बोनस सेयर पारितपछि बिमा समितिले तोकेको समयभित्र १ अर्ब पुँजीवृद्धिको लक्ष्य हासिल गरेको छ । कम्पनीले बोनस वितरण पश्चात् हुने पुँजी वृद्धिको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गरेको छ ।

कम्पनीको लक्षित पुँजी वृद्धिका लागि यो हकप्रद अत्यावश्यक देखिएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९ लाख रुपैंया रहेकोमा १ अर्ब पुँजी पु¥याउन ४.५२ प्रतिशत बोनस सेयरपछि ६१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी वृद्धिपछि ६५ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको जनाएको छ । कम्पनीका अध्यक्ष अर्जुन पौड्याल शर्माले जनाएअनुसार आर्थिक वर्ष २०७३/७४ मा कम्नीको चुक्ता पुँजी ३० करोड रहेको थियो ।

सोही आर्थिक वर्षमा कम्पनीले १ बराबर १ बोनस सेयर पारित गरी कुल चुक्ता पुँजी ३० करोड १८ लाख पु¥याउन सफल भएको थियो । उनले पहिलो कम्पनीलाई श्रेष्ठ बनाउन बिमा दाबी प्रक्रियालाई थप चुस्त बनांउदै लैजानेतर्फ कम्पनीको मूल उद्देश्य रहेको जनाएका छन् । यसका साथै जोखिम बहनमा स्तरोन्नति गर्दै आगामी दिनमा पूर्ण व्यवसायीक्ता तर्फ अग्रसर हुन आक्रामक बजारीकरण गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित : २२ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह