Logo

बिजनेस होम

महासंघ कोषाध्यक्षमा निरक केसी निर्वाचित


GDP Nepal
   ४ बैशाख २०८०, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् । केसीले आफ्ना प्रतिस्पर्धी प्रवलजंग पाण्डेलाई ९ मतको अन्तरले पराजीत गरेका हुन् ।

केसीले ३८ मत पाएका थिए भने पाण्डेले २९ मत पाए । एक मत भने बदर भएको थियो ।

केसीलाई अध्यक्ष चन्द्र प्रसाद ढकाल र पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन थियो । दुवै उम्मेदवारबीच सहमतिको प्रयास भए पनि सफल हुन नसक्दा सोमबार निर्वाचन नै भएको थियो ।

कोषाध्यक्ष केसी महासंघमा अढाई दशकदेखि निरन्तर सक्रिय भए पनि चैत २९ गते भएको निर्वाचनमा उनले बराबरी मतका कारण आधा कार्यकालका लागि मात्र निर्वाचित भएका हुन् । यसअघि अढाई वर्षअघि भएको निर्वाचनमा पनि उनले पराजय बेहोरेका थिए ।

पाण्डे एशोसिएट समूहबाट तेस्रोपटक सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह