Logo

मुख्य समाचार

२६ प्रतिशतले घट्यो निर्यात, १० खर्ब ८३ अर्ब व्यापार घाटा


GDP नेपाल
   ६ बैशाख २०८०, बुधबार


चालु आर्थिक वर्षको नौ महिनामा आयात निर्यात घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत मसान्तसम्ममा १२ खर्ब १ अर्ब मूल्य बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १८.०९ प्रतिशतले घटेको हो । गत वर्ष यसै अवधिमा १४ खर्ब ६६ अर्ब मूल्य बराबरको वस्तु आयात भएको थियो ।

यस्तै, पछिल्लो ९ महिनामा निर्यात २६.३४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब ६० अर्ब ५७ करोड मूल्य बराबरका वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ खर्ब १८ अर्ब मूल्यका वस्तुको निर्यात भएको छ ।

यस्तै, मुलुकको कूल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा मुलुकको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चैत मसान्तसम्म मुलुकको वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब बराबर पुगेको छ ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह