Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको कारवाहीमा परे ९ वाणिज्य बैंक


GDP नेपाल
   ८ बैशाख २०८०, शुक्रबार


नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेका वाणिज्य बैंकहरुलाई कारवाही गरेको हो ।

हाल प्रभुमा गनभिएको सेञ्चुरी कमर्सियल बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेकोमा २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै सम्पत्ति सुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेकोमा राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात कायम नगरेको नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ भने नबिल बैंकलाई ६ करोड ४६ लाख जरिवाना गरिएको छ ।

भदौ र असोजमा कर्जा निक्षेप अनुपात कायम नगर्दा ग्लोबल आईएमई बैंकले ४ करोड ४२ लाख रुपैयाँ जरिवानामा परेको छ भने कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ बराबर जरिवाना गरिएको छ ।

त्यस्तै, हाल कुमारीमा गाभिएको एनसीसी बैंकलाई पनि सहुलियपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको र मुद्दती निक्षेपमा बढी ब्याज दिएको भन्दै सचेत गराइएको छ ।

यस्तै, एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले उनलाई ५ लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह