मोदी ईनर्जी लिमिटेडले आइपीआ जारी गर्ने भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि ५९ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो । जसमध्ये ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूलाई, २ लाख १७ हजार कित्ता सामूहिक लगानी कोषलाई र ८६ हजार कित्ता सेयर कर्मचारीका लागि छुटाइएको थियो ।
कम्पनीले स्थानीय बासिन्दाका लागि छुट्याएर बिक्री नभएको २० लाख ९५ हजार ६१० कित्तासहित कूल ५९ लाख ९५ हजार ६१० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउने भएको हो । आईपीओमा वैशाख १९ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया