Logo

बैंक / बिमा /शेयर

५७.५३ प्रतिशतले घट्यो एक्सेल डेभलपमेन्ट बैंककाे खुद नाफा


GDP नेपाल
   ११ बैशाख २०८०, सोमबार


एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार तेस्रो त्रैमाससम्ममा बैंकले ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ५७.५३ प्रतिशतले घटेको हो । गत वर्ष बैंकले १० करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३३.९१ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ३३ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
यस्तै, सञ्चालन नाफा ४८.८१ प्रतिशतले घटेर ९ करोड २२ लाख रुपैयाँमा झरेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने १७ लाख ५१ हजार रुपैयाँबाट बढेर १८ करोड १५ लाख पुगेको छ ।

बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५१ करोड ५९ लाख रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड ९.३५ प्रतिशत रहेको छ । यसको खराब कर्जा अनुपात ३.६७ प्रतिशतबाट बढेर ८.९२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह