Logo

बैंक / बिमा /शेयर

वैशाख १९ गतेदेखि आइपिओ निष्कासन गर्दै घोराही सिमेन्ट


GDP नेपाल
   ११ बैशाख २०८०, सोमबार


घोराही सिमेन्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

स्थानीयलाई अंकित मूल्य १०० रुपियाँमा रु। ३०० प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपियाँ र नेपाली श्रमिकका लागि अंकित मूल्य रु। १०० मा ३३५ प्रिमियम थपेर प्रतिकित्ता रु। ४३५ रुपियाँमा शेयर निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटलर नबिल इन्भेष्टमेन्ट बैंकिङ का अनुसार कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि र ७ लाख ५४ हजार ६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गर्न लागिएको हो ।

आईपीओका लागि स्थानीय बासिन्दाहरुले छिटोमा जेठ २ गतेसम्म र ढिलोमा जेठ १७ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ ।

उक्त कम्पनीको आईपीओका लाग दाङको घोराही उपमहानगरपालिकाको वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९, बंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाहरुले आवेदन दिन सक्ने छन् ।

स्थानीय र श्रमिकहरुका लागि बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह