मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ।
गोलाप्रथामार्फत भएको बाडँफाँटमा मा ९५ हजार ४११ जनाले सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। आइपीओमा कुल १२ लाख ४४ हजार ३८५ आवेदन परेको थियो । जसमा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको थियो।
आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेन्छियाम हाइड्रोपावरको वेबसाइट, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।
प्रतिक्रिया