कुमारी बैंक (साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको संस्थापक सेयर बिक्रिमा आउने भएको छ । बैंकले बैशाख २ गतेदेखि २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रिमा ल्याउने भएको हो ।
यस सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनि, अन्य व्यक्ति तथा संघ संस्थाले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता ११९ तोकिएको छ । इच्छुकले सेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सेयर बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया