आरबीबी मर्चेन्ट बैंकिङले आजदेखि म्युचुअल फन्ड इकाई बिक्रि खुला गरेको छ ।
आरबीबीले ‘आरबीबी म्यचुअल फन्ड–२’ को १२ करोड इकाई बिक्रि खुला गरेको हो । यसमध्ये १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरेको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई निष्कासन गरेको छ। जसमा न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा वैशाख २१ गतेसम्म प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । उक्त समयमा आवेदन नपरेमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने छ ।
प्रतिक्रिया