ज्योत्सना श्रेष्ठ
विभिन्न आरोह अवरोह पार गर्दै नेपालको श्रम सम्बन्ध सहज बन्दै गएको छ ।
सम्बाद र सहकार्यको थालनीबाट श्रम सम्बन्ध सुधार र श्रम विवादको संख्यामा निकै कमी आएको सन्दर्भमा दीगो औद्योगिक शान्ति स्थापनामा जोड दिन चाहान्छु ।
कोरोना महामारीबाट भएको नोक्सानी र परेको प्राभवबाट चाडो क्षतिपूर्ति प्राप्त गर्न सरकारले लिएका नीतिसंगै सुधारको अपेक्षा गरेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमै आएको आर्थिक मन्दीको कारण उद्योग व्यवसाय र आर्थिक गतिविधिमा उल्लेखनीय कमी आई मुलुक आर्थिक संकटतर्फ उन्मुख छ भन्ने कुराले हामी चिन्तित भएका छौं ।
यसबाट आउने संभावित समस्या र चुनौतीको सामना गर्न थप समझदारी र सहयोगको आवश्यकतामा जोड दिदै सम्पूर्ण श्रमिक दिदी वहिनी र दाजूभाईको समुन्नतिको कामना गर्दछु ।
(नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले मे दिवसका अवसरमा प्रदान गर्नुभएको शुभकामना सन्देश)
प्रतिक्रिया