Logo

बिजनेस होम

बानेश्वरमा खुल्यो बेन्चमार्क हेयर एण्ड ब्युटी स्टूडीयो


GDP नेपाल
   २१ बैशाख २०८०, बिहिबार


नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय सदस्य तथा नेपाल सौन्दर्य कला व्यवासायी संघकी अध्यक्ष कमला श्रेष्ठले सौन्दर्यकला सम्बन्धि शिक्षाले युवा पुस्तालाई आत्मनिर्भर बनाउँन ठूलो सहयोग पुर्‍याएको बताएकी छन् ।

बिहिबार बेन्चमार्क हेयर एण्ड ब्यूटी स्टूडीयोको उद्घाटन गर्दै श्रेष्ठले ‘पढ्दै कमाउँदै’ भन्ने मूल नाराका साथ सुरु गरिएको सौन्दर्य शिक्षाले युवा पुस्तालाई ठूलो सहयोग पुर्‍याएको बताएकी हुन् ।

नेपालकी प्रथम ‘ब्युटिसियन’ समेत रहेकी श्रेष्ठले सोही अवसरमा आफ्नो पहलमा पदमकन्या माविमा पहिलो पटक सौन्दर्यकला सम्बन्धि पढाई सुरु भएको जानकारी दिँदै भनिन् ,” पढ्दै कमाउँदै भन्ने नाराका साथ २०७५ सालदेखि पदमकन्या माविमा सौन्दर्यकला सम्बन्धि पढाई सुरु भएको छ । अहिले ६० जना विद्यार्थीले सो विषय अध्ययन गरिरहेका छन् । “

यस्तै, श्रेष्ठले बेन्चमार्ककी सञ्चालिका विद्या श्रेष्ठलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरिन् ।

बेन्चमार्ककी सञ्चालीका श्रेष्ठका अनुसार स्टूडियोमा एकपटमा सात जनासम्मले सुविधा लिन सक्छन् । स्टूडियोमा मेनीकेयर, पेडीकेयर, हेयर हाइलाईट, आई ल्यासेस एक्स्टेन्सन, जेल नेल एक्स्टेन्सन लगाएतका सुविधाहरु उपलब्ध रहेका छन् । झण्डै ५० लाख खर्च गरेर सञ्चालमा ल्याइएको सो स्टुडियोमा ‘यूभी रे’, डिजीटल मेनिकेयर, पेडिकेयर लगाएतका नयाँ प्रविधि मार्फत सौन्दर्य सम्बन्धि विभिन्न सेवाहरु उपलब्ध रहेको उनले बताइन् ।

श्रेष्ठले केही दिनकाे लागि स्डूडियोका विभिन्न सेवाहरुमा ओपनिङ डिस्काउन्ट समेत उपलब्ध रहेको जानकारी दिइन् ।

“क्वालिटी नै हाम्रो मुख्य प्रार्थमिकता हो । स्टूडियो आजबाट सञ्चालनमा ल्याइएकाले केही दिनलाई सबै सुविधाहरुमा २५ प्रतिशत छुट समेत उपलब्ध गराएका छौ”, श्रेष्ठले भनिन् ।

त्यस्तै, आगामी दिनमा पोखरा, विराटनगर, चितवन, भैरहवा लगाएत ठाउँहरुमा शाखा विस्तार गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिइन् ।

सो अवसरमा उनले बेन्चमार्क हेयर एण्ड ब्युटी स्टुडियो लाई यहाँसम्म ल्याइपुराउनु हुने सम्पूर्ण टिम, सहयोग गर्नु हुने व्यक्तिहरु लाई धन्यवाद ज्ञापन गरेकी छिन्।

स्टूडियो उदघाटनमा ब्युटिसियन श्रेष्ठसहित वरिष्ठ कलाकार मोहन निरौला लगाएत सौन्दर्यकलामा आबद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह