इङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख २६ हजार ८६३ जनाले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् । आइपीओमा कुल १२ लाख ३ हजार ९९५ जनाले आवेदन दिएका थिए । जसमा ४ हजार २८ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीले कुल १८ लाख कित्ता आइपीओमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट, तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सक्छन् ।
प्रतिक्रिया