Logo

बिजनेस होम

महासंघ महिला उद्यमी विकास समिति सभापतिमा कमला श्रेष्ठ


GDP Nepal
   २७ बैशाख २०८०, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति सभापतिमा कमला श्रेष्ठ मनोनित भएकी छन् ।

महासंघको वैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समिति बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रेष्ठलाई महिला उद्यमी विकास समितिको सभापतिमा मनोनयन गरेका हुन् ।

नेपाल सौंदर्यकला व्यवसायी संघका अध्यक्षसमेत रहेकी श्रेष्ठ चैत २८ मा सम्पन्न महासंघ निर्वाचनमा वस्तुगत संघका तर्फबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएकी थिइन् ।

महिला समितिमा श्रेष्ठको मनोनयनसँगै महासंघको छवि तथा प्रतिष्ठालाई अझ वढी सशक्त रूपमा अगाडी बढाउन सकिने विश्वास अध्यक्ष ढकालले गरेका छन् ।

समितिका नवनियुक्त सभापति श्रेष्ठले आफ्नो समितिवाट प्रभावकारी रुपमा महिला उद्यमशिलता विकासका क्षेत्रमा कार्य गर्ने प्रतिवद्धता जनाएकी छन् ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह