Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु


GDP नेपाल
   २७ बैशाख २०८०, बुधबार


आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनीबीच आईएमई प्रुडेन्सियल इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भएको हो ।

कम्पनीको अध्यक्षमा हेमराज ढकाल रहेका छन् भने सीईओमा युगेशभक्त बादे श्रेष्ठ रहेका छन् । यस्तै, प्रुडेन्सियलका सीईओ श्रवण रावल मा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा रहेने छन् ।

यी दुई कम्पनी एक बराबर एकको अनुपातमा बराबर हैसियतमा मर्जरमा जान सहमत भएका हुन् । मर्जरपछि आईएमई प्रुडेन्सियलको चुक्त पुँजी तीन अर्ब दुई करोड रुपियाँ हुनेछ ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह