‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले १०० रुपैयाँ बोनस पाउने भएका छन् ।
आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिदै आएकोमा सो बोनस रकम बढाएर १०० रुपैयाँ पुर्याएको हो ।
कम्पनीका अनुसार ग्राहकले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा १०० बोनस पाउने छन् ।
प्रतिक्रिया