Logo

बिजनेस होम

लबिम मलमा खुल्यो हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एण्ड फाबले’को शोरुम


GDP नेपाल
   २८ बैशाख २०८०, बिहिबार


भारतको लोकप्रिय हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एण्ड फाबले’ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।

बैशाख १७ गतेदेखि सञ्चालमा आएको यस इन्ड्या एण्ड फाबले ब्रान्ड एक एथनो फ्युजन ब्रान्ड हो जहाँ विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइने गर्छ । लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो स्टोर हो । फाबलेको पहिलो स्टोर यसअघि नै पोखरामा सञ्चालनमा आइसकेको छ ।

बुधबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन हाई स्ट्रिट एसेन्शियलका वरिष्ठ उपाध्यक्ष र रिटेल अपरेसन प्रमुख अतुल चच्राले गरेका थिए । चच्राले हाई स्ट्रिट ब्रान्डलाई नेपालमा प्रस्तुत गर्न पाएकोमा आफू निकै उत्साहित भएको जनाए । यस्तै, आगामी दिनमा ब्रान्डको थप वृद्धि हुने प्रति आफू विश्वस्त रहेको उनले बताए ।

उनले नेपालका लागि यस ब्रान्डको आधिकारिक बिक्रता पोखरास्थित ग्लो इन्टरनेशनल एक्सपोर्ट इम्पोर्ट प्राइभेट लिमिटेड कम्पनी रहेको जानकारी दिए ।

प्रकाशित : २८ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह