सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको वैठकले नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।
नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिए पनि उच्च अदालत पाटनमा १० दिन मात्रै समय दिएर आवेदन दिने पक्रिया गलत भएको भन्दै रिट परेको थियो। अदालतले पक्षलाई छलफलका लागि बोलाउंदै जेठ १ गते पेसी तोकेको थियो।
नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन समूहको आवेदन परेको थियो। नयाँ स्टकको लाइसेन्स लिन हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए। नयाँ स्टक छनोटका लागि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति समेत गठन गरिसकेको थियो।
मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्सेचन्नको लाइसेन्सका विषयमा संसदमा धेरै प्रश्न उठ्न थालेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । अब थप अध्ययन गरेरमात्र नयाँ लाइसेन्स वितरण प्रक्रिया अघि बढ्नेछ ।










प्रतिक्रिया