नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति सभापतिमा राजेश कुमार अग्रवाल चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्र ढकालले समितिको सभापतिमा अग्रवाललाई चयन गरेका हुन् ।
अध्यक्ष ढकालले अग्रवालको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक आफ्नो काम गरि यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेमा आफू विश्वस्त रहेको जनाए । यस्तै, अग्रवालले ढकालको विश्वासलाई कायम राखि आफ्नो कार्य क्षेत्रमा पूर्ण योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
अग्रवाल सिद्धार्थ, अर्घाखाँची सिमेन्ट, सिद्धार्थ खाद्यन्न उद्योग, एसियन कंक्रिटो, श्री स्टील लगायतका उद्योगमा लगानी रहेको छ ।
प्रतिक्रिया