Logo

बैंक / बिमा /शेयर

मोदी इनर्जीको आइपीओ बाँडफाँड


GDP नेपाल
   ३१ बैशाख २०८०, आइतबार


मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाडँ सम्पन्न भएको छ । गोलाप्रथामार्फत भएको बाँडफँडमा ५ लाख ९९ हजार ४ सय ४२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले बैशाख १९ देखि २४ गतेसम्म जारी गरेको आइपीओमा १२ लाख ३६ हजार २६९ जनाले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको थियो ।

कम्पनीले यसअघि कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९१० कित्ता, र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/, मेरोसेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट http://www.modihydro.com/ बाट पनि रिजल्ट हेर्न सक्नेछन् । ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह