विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता सम्पन्न भएको छ ।
दुवै लघुवित्तबीच शनिबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यी दुवै लघुवित्त बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुने भएका छन् ।
यी लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
प्रतिक्रिया