Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न


GDP नेपाल
   ३१ बैशाख २०८०, आइतबार


कामना सेवा विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ ४ दशमलव ४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव २३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गरेको छ ।

त्यस्तै सभाले कुनैपनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र उपयुक्त देखिएमा समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले बैशाख १५ गते बुक क्लोज गरेको थियो । त्यसकारण बैशाख १४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह