अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ निष्कासन भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आइपीओ निष्कासन गरेको छ।
सो आइपिओमा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९० का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता आइपीओ निष्कासन गरिएको छ ।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतममा भने स्थानीय बासिन्दाहरूले १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
उक्त आइपिओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाहरूले भने जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया