Logo

सूचना/प्रविधि

आजबाट एमडीएमएस लागू, दर्ता नभएका मोबाइल नचल्ने


GDP नेपाल
   १ जेष्ठ २०८०, सोमबार


नेपालमा आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । एमडीएमएस लागू भएसँगै आजबाट दर्ता नभएका मोबाइल फोन नचल्ने भएका छन् ।

यस सिस्टम अनुसार आजबाट देशभर आधिकारिक बिक्रेताले ल्याएको स्वतस् एमडीएमएसमा दर्ता मोबाइल मात्र चल्ने भएको हो । यसबारे प्रस्ट पार्दै भन्सार विभागले अध्ययन र घुमफिरका लागि विदेश गएका नेपालीले ल्याएको माबाइल अब दर्ता गर्नुपर्ने जनाएको थियो ।

“श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ”, जारी सूचनामा भनिएको छ, “अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन ।”

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह