Logo

मुख्य समाचार

कहिल्यै सिन्डिकेट नगर्ने शर्तमा छुटे यातायात व्यवसायी


appharu
   २३ बैशाख २०७५, आइतबार


काठमाडाैं ।यातायात क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्यका लागि खरो उत्रिएको सरकारसामु व्यवसायीहरु निरिहजस्तै बनेका छन् । कुनै पनि हालतमा सिन्डिकेट अन्त्य गर्ने अठोट सहित कारबाही अगाडी बढाएको सरकारसामु कहिल्यै सिन्डिकेट नगर्ने शर्तमा यसअघि पक्राउ परेका व्यवसायी रिहा भएका हुन् ।

सरकारले सिन्डिकेट नमान्ने कागज गरेपछी मात्रै पक्राउ परेका यातायात व्यवसायी हिरासतमुक्त गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने व्यहोराको कागजमा व्यवसायीले आइतबार हस्ताक्षर गरेका छन् । कागजमा हस्ताक्षर गरेपछि राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यसहित पदाधिकारी रिहा भएका हुन ्। देशका अन्य ठाउँमा पक्राउ परेका व्यवसायी पनि सोही व्यहोराको कागज गरेर रिहा भएको प्रहरीले जनाएको छ।

गएको शुक्रबार सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै व्यवसायीले देशभरि सार्वजनिक बस चलाएका थिएनन् । निर्णयको अवज्ञा गर्ने ९३ व्यवसायीलाई शुक्रबार र शनिबार प्रहरीले पक्राउ गरेको थियो । सरकारको निर्णयमा सहभागी नहुने र सिन्डिकेट कायम राख्ने व्यवसायीलाई मुद्दा हाल्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका हुन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलको रोहबरमा व्यवसायीले सरकारी निर्णयअनुसार व्यवसाय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ्। त्यसविरूद्ध गए रूट पर्मिट खारेज गरेर अरू कार्बाही गर्न पनि उनीहरूले मन्जुरी दिएका प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह