Logo

बैंक / बिमा /शेयर

एफपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त


GDP नेपाल
   २ जेष्ठ २०८०, मंगलबार


युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले जेठ ११ गतेदेखि प्रतिशेयर एक सय अंकित मूल्यका ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।

साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थासँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको एफपीओ विक्री अवधि छिटोमा जेठ १६ गतेसम्मका लागि तोकिएको छ । सो अवधिउसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ २५ गतेसम्म विक्री लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह