प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संशोधन भएको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
यसअघि कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
प्रतिक्रिया