Logo

बिजनेस होम

सुनचाँदी कला व्यवसायी संघको अध्यक्षमा रिजाल निर्वाचित


GDP Nepal
   १ जेष्ठ २०८०, सोमबार


काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न संघको २१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाईटर रिजाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा काठमाडौंका विष्णुभक्त बराईली र द्वितिय उपाध्यक्षमा धादिङका सानुबाबु बराईली निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता भोजान लाम्गादेले जानकारी दिए ।

त्यस्तै, महासचिवमा काठमाडौंका बाल कुमार विश्वकर्मा (सुमन), सचिवमा सुनसरीका प्रेम बहादुर विश्वकर्मा, कोषाध्यक्षमा काठमाडौंकै श्याम कुमार विश्कर्मा र सहकोषाध्यक्षमा धादिङका सुदिप रसाईली निर्वाचित भएका हुन् ।

साधारणसभाले सदस्यहरुमा दोलखाका दिपक धनुके, रामेछापका कृष्ण गहतराज, झापाका तिलक बहादुर विश्वकर्मा र धनकुटाका देव बहादुर विश्वकर्मालाई निर्वाचित भएको छ । त्यस्तै, काठमाडौंका नविन रसाईली, दिपेन्द्र विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबादुर विश्वकर्मा, पम्फा श्रेष्ठ, राजिन बराईली, अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज समेत सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै, सुर्य कुमार बराल र दुर्गा बिक सदस्यमा मनोनित भएका छन् ।

देशभर शाखा सञ्जाल रहेको कला व्यवसायी संघमा १ हजार भन्दा बढी सदस्य रहेका छन् । निवर्तमान अध्यक्ष केसर विश्वकर्माले नवनिर्वाचित अध्यक्षलाई शनिवार नै पदभार हस्तान्तरण गरे ।

नवननिर्वाचित अध्यक्ष रिजालले व्यवसायिक हकहित प्रवद्र्धन, ग्राहक सचेतना, कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने बताए । त्यस्तै, सुनचाँदीमा मूल्यअभिवृद्धि गरी निर्यातको लागि पहल गर्न सरकारसँग समन्वय गर्ने उनले बताए ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह