Logo

बिजनेस होम

नेपाटपद्वारा ढल निकास प्रयोजनका लागि डीडब्लूसी पाइप उत्पादन सुरु


GDP नेपाल
   ४ जेष्ठ २०८०, बिहिबार


नेपाटपले डबल वाल कोरोगेटेड (डिडब्ल्यूसी) पाइपको उत्पादन सुरू गरेको छ। कम्पनीले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डिडब्ल्यूसी पाइप उत्पादन सुरु गरेको हो ।

भारत, चीनलगायका विश्वका विभिन्न देशहरूमा सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिज, पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै डिडब्ल्यूसी पाइप उत्पादन सुरू गरेको हो।

विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवम् विश्वका विभिन्न मुलुकहरूमा उत्पादन भएर प्रचलित कोरोगेटेड डिजाइनमा कम्पनीले उत्पादन सुरू गरेको हो।

कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मि.मि. देखि १२०० मि।मि। गोलाइका पाइप उत्पादन गरिरहेको बताइएको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको डिडब्ल्यूसी पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिन्ह प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ।

विगतमा छिमेकी मुलुक भारत एवम् चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरूमा उक्त डिजाइन एवम् प्रविधियुक्त पाइप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवम् स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन सुरू गरेपछि भारत र चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलीकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ।

विगतमा प्रयोगमा आइरहेको पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवम् भरपर्दो साथै जडानपछि मर्मतसम्भारको झन्झट नहुने, पाइपको भित्रि सतह चिल्लो भएको कारण सहज बहाव हुने र बाहिरी बनौट रिङ आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरू यो पाइपमा रहेको छ।

यही कारण कम्पनीका अन्य उत्पादनहरू जस्तै यो उत्पादन पनि उपभोक्तहरूको पहिलो रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ।

नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत सदैव सेवा दिँदै आइरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाहरूका लागि समेत डिडब्ल्यूसी पाइप उत्कृष्ट हुने कम्पनीको भनाइ छ। 

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह