Logo

बैंक / बिमा /शेयर

सिटी होटलको आईपीओ बाँडफाँड


GDP नेपाल
   ५ जेष्ठ २०८०, शुक्रबार


सिटी होटल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

आईपीओमा १० लाख ९२ हजार ६६७ जनाले आवेदन दिएका थिए । जसमा ४ हजार ९९२ आवेदन रद्द भएको थियो ।
सिटी होटेलल गत वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्मका लागि सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो।

होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको थियो।

बाँकी कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। त्यसमा बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सर्वसाधारणका लागि खुलाइएको थियो ।

प्रकाशित : ५ जेष्ठ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह