Logo

बिजनेस होम

देशभरका भाटभटेनी स्टोरमा नेपाली वस्तुको आउटलेट राखिने


GDP नेपाल
   ९ जेष्ठ २०८०, मंगलबार


नेपालमा उत्पादित वस्तुलाई बजारीकरण गर्ने उदेश्यका साथ नेपाली युवा उद्यमी मञ्चले मेड इन नेपाल अभियान अन्तर्गत एक हप्ते आउटलेट कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस अभियान अन्तर्गत देशभरका भाटभटेनी सुपरमार्केटमा एक हप्ताका लागि नेपाली वस्तुहरुको आउटलेट राखिने नेपाली युवा उद्यमी मञ्च नेपालका राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले बताए ।

साे कार्यक्रम असार ७ गते देखि १३ गतेसम्म देशभरका भाटभटेनी सुपरमार्केटमा सञ्चालन हुने छ । यस्तै, यस कार्यक्रममा सहभागी हुन चाहने नेपाली वस्तु उत्पादक उद्योग तथा उद्यमीले मञ्चमा आवेदन दिन सक्नेछन् ।

मञ्चका अनुसार हालसम्म २५ भन्दा धेरै उद्यमीहरुले यस कार्यक्रममा सहभागी हुन आवेदन दिइसकेका छन् ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह