आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठको नियुक्तिको लागि कम्पनीको सञ्चालक समितिको वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो ।
प्राधिकरणबाट जेठ ५ गतेको पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको ९ गते गते बसेको सञ्चालक समितिको बैठकमा श्रेष्ठलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले शपथ ग्रहण गराएका थिए ।
प्रतिक्रिया